सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ पुस ।
पुर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको स्वागतमा मानव सागर नै ओर्लिएको छ ।
निकट भविष्यमै वीरगंजमा हुने नागरिक अभिनन्दन एवं विभिन्न धार्मिक भ्रमणका लागी सिमरा आउने पुर्व निर्धारित कार्यक्रम अनुरुप आइतवार स्वागतको लागी सिमरा विमान स्थलमा मानव सागर नै ओर्लिएको दृष्य देखिएको हो ।
पुर्व राजा शाहको स्वागतको लागी बारा जिल्ला सिमरा स्थित विमानस्थल भित्र र बाहिर आइतवार हजारौको शंख्यामा सर्वसाधारण पुगेको दृष्य देखिएको थियो ।
राजावादी तथा राष्ट्रवादी विभिन्न संघसंगठन र राप्रपाका अगुवा नेता/कार्यकर्ताहरुका साथै सर्वसाधारण राष्ट्रिय झण्डा सहित पुर्व राजा शाहको स्वागतको लागी सिमरा विमानस्थलमा आइतवार बिहान १२ बजे देखि सांझ ५ बजे सम्म प्रतिक्षा गरे पनि मौसम (भिजिविलिटिको कमि) प्रतिकुलताका कारण विमान उडान नभए पछि उहाको यात्रा स्थगित भएको सुचना आएको थियो ।
भैरहवाबाट सिमरा आउने कार्यक्रम अनुरुप उहाको स्वागतका लागी पुगेका सर्वसाधारण सांझ साढे ५ बजे पछि फिर्ता भएका छन ।
भैरहवा विमानस्थलको मौसम (भिजिविलिटिको कमि) प्रतिकुलताका कारण पुर्व राजा शाहको सिमरा आउने कार्यक्रम स्थगित भए पछि “श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहादेव सरकारको स्वागत तथा अभिनन्दन मुल समारोह समिति” वीरगंजका अध्यक्ष देवेन्द्र लाल नेपालीले स्वागतका लागी आएका सर्वसाधारणलाई जानकारी गराए पछि फर्किएका थिए ।
अध्यक्ष नेपालीले मौसम (भिजिविलिटिको कमि) प्रतिकुलताका कारण राजाको सवारी आइतवारको लागी स्थगित भए पनि सोमवार वा मंगलवार सम्म कुनै न कुनै माध्यमबाट सिमरा सवारी हुने र निकट भविष्य अर्थात पुस मसान्त सम्म वीरगंजमा भव्य रुपमा स्वागत तथा नागरिक अभिनन्दन हुने कार्यक्रम भने तय रहेको बताउनु भयो ।