सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० पुस ।
वीरगंज महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति पक्र वितरण गरिएको छ ।
त्रिजुद्ध माविमा शुत्रवार आयोजित एक कार्यक्रमका बीच महानगरका मेयर राजेशमान सिंहले विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गर्नु भएको हो ।
सिफारिस पत्र प्रदान गर्दै मेयर सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नु भयो ।
उहाले कसैको सिफारिस र भनसुनमा नभई अघिल्लो कक्षामा ल्याएको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) ल्याउन सफल भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताउदै कसैको सिफारिस र भनसुन हामीले सुनेनौं, जसले आज छात्रवृत्ति प्राप्त गरिरहनु भएको छ उहाहरुको मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा नै हामीले पस्केका हौं भन्नु भयो ।
उहाले अघिल्लो कक्षामा प्राप्त गरेको लब्धांकलाई नै आधार मानेर सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) ल्याउन सफल भएका भाइबहिनीहरु यो छात्रवृत्तिको हकदार बनेको बताउदै आउदा दिनमा पनि उत्कृष्ट नतिजा हात पार्न अध्ययनमा अझै परिश्रम गरि विरगंजकै नाम रोशन गर्न पनि विद्यार्थीहरुलाई सुझाव दिनु भयो ।
कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिनु भयो ।
विद्यार्थीले एसईई र कक्षा ८ मा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको महाशाखा प्रमुख कर्णले बताउनु भयो ।
छात्रवृत्ति प्राप्त गर्नेमा ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, ५ प्रतिशत दलित, ३ प्रतिशत अपांगता र ९ प्रतिशत शहीद, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्तती रहेका छन् ।
गत वर्ष महानगर आफैले परीक्षा लिएर छात्रवृत्ति वितरण गर्दा चलखेल भयो भन्ने गुनासो सुनिएको भन्दै उहाले परीक्षा लिएर छनोट गर्दा अपारदर्शी हुन सक्ने, विद्यार्थी र अभिभावक स्वम्ले छनोटमा आशंका गर्न सक्ने अवस्था रहेकाले नै अघिल्लो कक्षामा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै आधार बनाएर पारदर्शी रुपमा छनौट गरिएको महानगरले जनाएको छ ।
महानगरले छात्रावृत्तिका लागि सिफारिस गरेको पत्रको आधारमा विद्यालयले पूर्ण निःशूल्क अध्यापन गराउनु पर्ने छ ।
महानगरले कक्षा ९ मा १९० जना र कक्षा ११ मा ५९२ जनालाई पूर्ण निशुल्क अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको हो ।
छात्रवृत्ति पक्र वितरण कार्यत्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, ४ का जगत साह कानु, ५ का प्रदीप चौरसिया, १६ का पर्सुराम चौरसिया, महानगर शिक्षा समितिका सदस्यहरु, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको थियो । छात्रवृत्ति पक्र वितरण कार्यत्रमको सहजिकरण शिक्षा अधिकृत आनन्द लामिछानेले गर्नु भएको थियो ।
Facebook Comments Box