सहारा दैनिक

spot_img
Homeदेशमधेशविगत तिन दिन देखि अवरुद्ध गौर–चन्द्रपुर सडक खण्ड सुचारु

विगत तिन दिन देखि अवरुद्ध गौर–चन्द्रपुर सडक खण्ड सुचारु

राधेश्याम साह–––––––––––––––
गौर, २० पुस ।
सडक विभागले वागमती नदीमा पुल बनाउने कार्य सुचारु गराउने निर्णय सहित गरेको प्रतिबद्धता पश्चात अवरुद्ध गौर–चन्द्रपुर सडक खण्डको बम नहर स्थित सडक सुचारु भएको छ ।
पुस १८ गते दिउसो १ः१५ बजेको समयदेखि दुर्गा भगवती, यमुनामाई, राजपुर का जनताहरु प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा बाटो अवरुद्ध बनाएर धर्नामा बसेका ४८ घण्टा पश्चात सडक विभागले ६ बुंदे निर्णय गरी सडक बनाउने प्रतिबद्धता गरे पछि विगत तिन दिन देखि अवरुद्ध सडक शुक्रवार दिउसो १ बजेबाट सुचारु भएको हो ।
सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा बिहिवार बसेको बैठकमा स्थानीय बासिन्दाहरुले बर्षौ देखि भोग्दै आएको पीडा मर्कालाई मध्यनजर गर्दै नेपाल सरकारको मन्त्रीपरिषदले अविलम्ब समस्या समाधान गर्न निर्देशन दिएपछि उक्त निर्णय भएका छन् ।
विहिवार सडक विभागका महानिर्देशक ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा भएको निर्णयमा वागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टींग स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ गते देखि सुरु गरेर ७ दिन भित्र सम्पन्न गर्ने, पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्धारा अविलम्ब सुरुआत गर्ने, सोही पुलको रिभ्युड डिजाइन ड्रोइंग अविलम्व स्वीकृतिको लागि सडक विभागमा पेश गर्ने, रिभर ट्रइंग पूर्वपटिको कार्य स्पेशिफिकेशन अनुसार करेक्सन गर्ने तथा पश्चिमपटीको काम अविलम्ब सुरुआत गरी निर्माण कार्यलाई निरन्तरता दिने, विओक्यु अनुसार सव सट्रक्चर को स्ट्रेजस्टींगको कार्य तत्कालै सुरुआत गर्ने, पुस १९ गते देखि १५ दिन भित्र साइटमा निर्माण कार्य नभएमा तथा साइट मा मोविलाइज नभएकोमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने निर्णय भएको पत्र सहित प्रतिबद्धता आए पछि अवरुद्ध सडक सुचारु भएको जनाइएको छ ।
निर्णयको प्रमाणित पत्र प्राप्त भएपछि प्रदेश सांसद नागेन्द्र साह, दुर्गा भगवती गाउपालिकाको अध्यक्ष शम्भु सिंह, श्रीराम यादव, नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल यादवले जनताहरुद्धारा ४८ घण्टा देखि निरन्तर चिसोमा सडकमै बसेर दिइरहेको धर्ना प्रति सम्बध निकायको ध्यानाकर्षण भई सम्बोधन गरेकोमा धन्यवाद दिदै समय–समयमा जनताले पुल निर्माणकार्यलाई सहज बनाउन अनुगमन गर्नुपर्ने, भएका विवादलाई साम्य पार्नुपर्ने र ढिलासुस्ती भएमा खवरदारी गर्ने प्रतिबद्धता जनाउदै धर्ना कार्यक्रममा सहभागी भएको रौतहट र सर्लाहीका जनताहरुलाई धन्यवाद दिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -