सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० पुस ।
पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको पुस २२ गते सिमरामा हुने सवारीका क्रममा सहभागिताका लागी आमजनतामा “स्वागत तथा नागरिक अभिनन्दन मुल समिति वीरगंज”ले आग्रह गरेको छ ।
वीरगंजमा यही पुस अन्तिम तिर हुने स्वागत तथा नागरिक अझिनन्दन कार्यक्रम आयोजनाका लागी गठित मुल समितिले शुत्रवार एक प्रेस नोट जारी गरी यस्तो आग्रह गरेको हो ।
समितिका प्रवक्ता हिरा बहादुर चन्दले जारी गरेको प्रेस नोटमा भैरहवाबाट पुर्व राजा शाह पुस २२ गते आइतवार २ बजे सिमरा पुग्ने कार्यक्रम रहेकोले उनको स्वागतमा सहभागीताका लागी आमजनमानस एवं राष्ट्रवादीहरुमा हार्दिक अपिल गर्दछौं उल्लेख छ ।
पुस मसान्त तिर वीरगंजमा हुने नागरिक अभिनन्दनका साथै धार्मिक भ्रमणका लागी पुर्व राजा शाहको सिमरा आउने कार्यक्रम रहेको समितिले जनाएको छ । उहाको बारा जिल्ला सिमरा स्थित प्रभुवासमा १५ दिन बसाइ रहने समितिले जनाएको छ ।
पुर्व राजा शाहको नागरिक अभिनन्दनका लागी वीरगंज स्थित लालवंगला परिसर सरसफाइ तथा सजावट कार्य सुरु गरिएको छ ।
Facebook Comments Box