सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ पुस ।
पोप्स फुड प्रोडक्टस वीरगंजका संचालक अशोक अग्रवालले ठगी गरेको रकम फिर्ता नगरेको भारतीय व्यापारीले गुनासो गरेका छन ।
वडा प्रहरी कार्यालय विर्तामा सहमती गरे पनि रु. २५ लाख फिर्ता नगरेको भारत गुजरात राज्य अहमदावादका व्यापारी जयप्रकाश पप्तानीले गुनासो व्यक्त गरेका हुन ।
पोप्स फुड प्रोडक्टसका संचालक अग्रवालले सस्तो मुल्यमा चुइगम निर्यात गरिदिने भनी ति भारतीय व्यापारीबाट रु. २५ लाख लिएर चुइगम नपठाए पछि वडा प्रहरी कार्यालय विर्तामा निवेदन दिएका थिए ।
भारतीय व्यापारीले २०८० जेठ १९ गते दिएको निवेदनको आधारमा वडा प्रहरी कार्यालय विर्ताले अग्रवाललाई झिकाएर छलफल गराएका थिए ।
छलफलका क्रममा पोप्स फुड प्रोडक्टसका संचालक अग्रवालका छोरा पोप्स फुड प्रोडक्टसका संचालक समेत रहेका अर्विन्द अग्रवालले सन. २०२३ डिसेम्बर २५ सम्म सम्पुर्ण रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गरे पनि हालसम्म रकम नपठाएको भारतीय व्यापारीले गुनासो गरेका छन ।
अग्रवालले बजार मुल्य झण्डै भा.रु. ६० पर्ने चुइगमको भारतीय व्यापारीलाई प्रति डिब्बा भा.रु. ३४ कै दरमा दिने भनी प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको जयप्रकाशले बताएका छन ।
प्रतिष्ठित व्यवसायी स्व. मेरचन्द अग्रवालका माइलो छोरा रहेका अशोक अग्रवाल आफ्ना बाबुको मान प्रतिष्ठा कै आडमा नेपाल तथा भारतका व्यापारीहरुबाट यसरी रकम ठगी गर्न सफल भएको बताइन्छ ।
छलकपटपुर्ण नियतका कारण आफ्ना उद्येँग व्यापार धाराशायी बनाउन पुगेका अग्रवालको घर जग्गा एनआइसि एसिया बैंकले लिलाम गरी साकार गरिसके पछि सोही जग्गामा बैना लिन ग्राहक खोज्दै हिडेका छन भने मुद्दा दिएर सोही घरमा बसोबास गर्दै आएको बताइन्छ ।