राधेश्याम साह–––––––––––––––
गौर, १८ पुस ।
रौतहटको परोहामा ५७ लाख ५० हजारको लगतमा चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण ।
रौतहट जिल्ला परोहा नगरपालिका स्थित श्री आधारभुत बिधालय भिडियाहीको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
परोहा नगरपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु १८ लाख अनुदान र कार्नेभाली फाउंडेशन र छाया नेपालको संयुक्त रु ३९ लाख ५० हजार लगानीमा निर्माण भएको भवनको उद्घाटन सहित हस्तान्तरण भएको हो ।
एक कार्यक्रम विच परोहा नगरपालिकाकी उपप्रमुख सुगान्धी गीरी र छाया नेपालको कार्यकारी निर्देशक कमल थापाले संयुक्त उद्घाटन गरी बिधालय भवन हस्तान्तरण गरेका हुन ।
कुल ५७ लाख ५० हजारको लगतमा निर्माण भएको शौचालय सहित विद्यालयको चार कोठे दुई तल्ला भवन नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
श्री आधारभूत विद्यालय भेडियाही को प्र. अ. राजसिंह पटेलको अध्यक्षतामा आयोजित कार्यक्रम संचालन कृष्णा प्रसाद जैसवाल ले गर्नु भएको थियो ।
नव निर्मित विद्यालय भवन हस्तान्तरण
Facebook Comments Box