सहारा दैनिक

spot_img
Homeदेशमधेशऔषधी तथा खुद्रा समानहरू लोड ३ ट्रक नियन्त्रण

औषधी तथा खुद्रा समानहरू लोड ३ ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ पुस ।
बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५,८ र १४ गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित सडकखण्डबाट ३ ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.४ ख ८३१८, ना.३ ख ४१४१ र ल्ण्ज्ञी न् ज्ञडडट नम्बरको भारतीय मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रहरीले नियन्त्रणमा लिएको ट्रकहरु भित्र रहेको औषधी तथा खुद्रा समानहरूको अ.मु.रू.१ करोड ८९ लाख ९७ हजार २ सय ८७ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -