सहारा दैनिक

spot_img
Homeदेशमधेशम्याजिक गाडीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

म्याजिक गाडीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

राधेश्याम साह–––––––––––––––
गौर, १७ पुस ।
म्याजिक गाडीको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
रौतहट जिल्ला सदरमुकाम गौरबाट बमनहर तर्फ जांदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडीले चन्द्रनिगाहपुरबाट आउदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा भारतीय नागरिकको मृत्यु भएको हो ।
म्याजिकले भारतीय द्यच् ण्ट म्ब् ठटटद्ध नम्बरको मोटरसाईकललाई गौर स्थित दालमिल नजदीक ठक्कर दिंदा भारत बिहार मोतीहारी ग्राम बन्जरिया बस्ने अन्दाजी ३५/४० वर्षीय सुशील यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर लागेर गम्भिर घाइते भई लडेका यादवलाई तत्काल प्रादेशिक अस्पताल गौरमा लैजांदा उपचारकै क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार अर्को १७ वर्षीय नन्टुन कुमार सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने म्याजिक गाडी सहित चालक धादिङ जिल्ला नौबिसे ४ घर भई हाल चन्द्रपुर ५ बस्ने ३९ वर्षिय सुनिल राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -