सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ पुस ।
मधेस प्रदेश सरकारका उद्योग, बाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले हरवाचरवाको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गर्न निति निर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकता परिवर्तन हुन आवश्यक रहेको बताउनु भएको छ ।
हरवाचरवा अधिकार मञ्च पर्साको वीरगंज स्थित रोयल पार्टि प्यालेसमा आयोजित दोश्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री अन्सारीले राज्यको संरचनात्मक रुपान्तरण मार्फत कृषिमा आधारित बंधुवा मजदुर हरवाचरवाको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चीत गर्नका लागि निति निर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकता आम रुपमा परिवर्तन हुन आवश्यक रहेको वताउनु भएको हो ।
उहाले समाजमा पछाडी पारिएका बर्ग र समुदायको हितका लागि राज्यले गरिव मैत्री निति निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन संयन्त्रको बिकास गरिनु पर्नेमा जोड दिंदै मन्क्री अन्सारीले मुत्त हरवाचरवाको न्यायिक पुर्नस्थापनका लागि मधेस प्रदेश सरकारले रणनितिक कार्ययोजना निर्माण गर्न आफु तत्पर रहेको बताउनु भयो ।
उहाले व्यवस्था बललिए पनि अवस्था नबदलिएकाले त्यसका लागि हामी सबैको स्वभावमा परिवर्तन हुन जरुरी रहेको वताउनु भयो ।
“मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पासवानको अध्यक्षतामा आयोजित सम्मेलनको उद्घाटन कार्यक्रममा बिशीष्ट अतिथी एवं मधेश प्रदेशसभा सदस्य प्रमोद जैसवालले हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी २०८० यथासक्य चांडो पारित गरि हरवाचरवाको पहिचान मार्फत पुर्नस्थापन कार्यक्रमलाई अगाडी बढाउन आफुले मधेश प्रदेश सभामा जोडदार ढंगले सवाल उठाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उहाले यसका लागि स्थानीय सरकार र संघीय सरकारसंग समन्वय कायम गरिनुपर्ने र यसमा बिकास सााझेदारको पनि सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य लभकुश बैठा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पर्साका सचिव बिक्रम चौरसिया, नेपाल बार एशोसियशन पर्साका अध्यक्ष कमल मोहन पोखरेल, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु शाह, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, दलित नेता प्रभु पासवान, मदन हजरा र राष्ट्रिय दलित नेटवर्क, नेफालका कार्यकारी निर्देशक हुकुम बहादुर सार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यत्रममा जिल्ला हरवाचरवा एक्टीभिष्ट बृजलाल पासवानले स्वागत गर्दै सम्मेलनको औचियत्तामाथी प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत रुपनारायण पासवानले गरेका थिए ।
सम्मेलनले अमरदेव पासवानकै अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च पर्सा गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः उमापती मांझी, खेदन मांझी, शोभादेवी राम र रीतादेवी पासवान चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा शेर बहादुर पासवान, रामआशिष राम, तेतरी मांझी, धनराज राम, बेदामीदेबी राम, सुदामादेवी, लालमुनीदेवी राम, लालमनी कम्कर, शिव पासवान र भागमतीदेवी राम चयन भएका छन् ।
Facebook Comments Box