सहारा दैनिक

spot_img
Homeदेशमधेशवीउवासंघ पदाधिकारी र प्रजिअ भुषाल विच भेटघाटः सिमावर्ती क्षेक्रको गैरकानूनी आर्थिक त्रियाकलाप...

वीउवासंघ पदाधिकारी र प्रजिअ भुषाल विच भेटघाटः सिमावर्ती क्षेक्रको गैरकानूनी आर्थिक त्रियाकलाप नियन्त्रण गर्छु–प्रजिअ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ पुस ।
पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न कुनै कसर बांकी नराख्ने बताउनु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रजिअ भुषालले वीरगंज आर्थिक नगर भएकाले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै उद्योग, व्यापारको विकास र प्रबर्द्धनका क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताउदै शान्ति सुरक्षा व्यवस्था मिलाउने बताउनुभयो ।
सो अवसरमा उहाले पर्सा जिल्लामा सरकारी कार्यालयहरु लगायत सम्पूर्ण सेवाहरुको सुशासनको प्रबर्द्धन गरिने, जिल्लाको शान्ति सुरक्षा, सिमावर्तर् ीलगायतका क्षेक्रहरुमा गैरकानूनी आर्थिक त्रियाकलापको नियन्त्रण तथा विकास निर्माणको क्षेत्रमा भइरहेको ढिलाई न्यून गरेर विकास निर्माणको काम तिव्रतर रुपमा अधिबढाउन सम्बद्ध पक्षलाई निर्देशन दिने बताउनुभयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने र वीरगंजमा सिसिटिभी परियोजनाको लागि बजेट विनियोजनका लागि प्रजिअ भूसालसंग आग्रह गर्नुभयो ।
त्यसै गरी वीउवासंघका नि.अध्यक्ष तथा नेउवामहासंघका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ताले संघको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, पूर्व अध्यक्ष अशोककुमार वैध, महासचिव आशीषकुमार लाठ, सचिवद्वय प्रेमचन्द्र गोयल र सुशान्त चाचान लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -