सहारा दैनिक

spot_img
Homeसमाचारप्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, ९ पुस (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भोली (मंगलबार) अपराहृन ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
प्रधानमन्क्रीमा नियुत्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
विसं २०७९ पुस १० गते प्रधानमन्क्रीमा नियुत्त हुनुभएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उहाँले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -