सहारा दैनिक

spot_img
Homeदेशकोशीराष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ पुस ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन पेश भएको हो ।
पेस भएको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताउनु भयो ।


उहाले पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताउदै यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको बताउनु भयो ।
सो अवसरमा राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताउनु भयो । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -