सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ पुस ।
पुर्व राजाको निकट भविस्यमा वीरगंजमा हुने नागरिक अभिनन्दनको लागी मुल स्वागत समिति लगायत विभिन्न उप–समितिहरु गठन भएको छ ।
आइतवार वीरगंज स्थित होटल सम्झनामा विभिन्न राजनितिक दल, राष्ट्रवादी र राजावादी संघ संस्था, धार्मिक संघ संस्था तथा नागरिक समाजका अगुवाहरुको उपस्थितिमा बसेको बैठकले “श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको स्वागत मुल समिति” गठन गर्ने निर्णय गरेको हो ।
जेष्ठ नागरिक संघ पर्साका संस्थापक पशुपति विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका भातृ संगठन नेवि संघका संस्थापक संयोजक देवेन्द्र लाल नेपालीको संयोजकत्वमा मुल समिति गठन गरिएको प्रचार प्रसार संगोजक मानव सेवकले जानकारी दिनु भयो ।
यही पुष महिनाको तेश्रो वा चौथो हप्तामा हुने पुर्व राजाको नागरिक अभिनन्दनका लागी गठित मुल समितिका साथै आइतवारको बैठकले विभिन्न उप–समिति समेत गठन गरेको उहाले जानकारी दिनु भयो ।
बैठकले हिरा बाहादुर चन्दको नेतृत्वमा सचिवालय समिति, राजकुमार शिन्धिको नेतृत्वमा आर्थिक समिति गठन गरिएको छ ।
त्यसै गरी विरेन्द्र थापाको संयोजकत्वमा स्वयम सेवक उप–समिति गठन गरिएको जनाएको छ ।
बैठकले समन्वय उप–समिति, प्रचार प्रसार उप–समिति, गेट व्यवस्थापन समिति, संचार समन्वय उप–समिति, मञ्च व्यवस्थापन उप–समिति, आकस्मिक उद्दार उप–समिति, यातायात व्यवस्थापन उप–समिति, महिला उप–समिति, साधु सन्त समन्वय उप–समिति, पन्चकन्या व्यवस्थापन उप–समिति, पुल माला र व्याच व्यवस्थापन उप–समिति, पार्कि· व्यवस्थापन उप–समिति, सरसफाइ उप–समिति, पानी व्यवस्थापन उप–समिति, सांस्कृतिक उप–समिति र अनुगमन उप–समिति गठन गरेको मानव सेवकले जानकारी दिनु भयो ।
बैठकमा राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्द, विस्व शिन्धि समाजका अध्यक्ष राज कुमार शिन्धि, मानव सेवक, दिनानाथ प्रसाद यादव, वृजकिशोर साह, जनक लाल साह, विरेन्द्र थापा, अवदुल सत्तार अंसारी लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box