सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ पुस ।
बिल विजक भन्दा बढी औषधी तथा खुद्रा समानहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा खटिएका प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट औषधी तथा खुद्रा समानहरु लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना २ ख ९३५७ नम्बरको माल बाहक ट्रक रोकेर जाँच गर्ने क्रममा बिल विजक भन्दा बढि माल बस्तुहरु लोड रहेको देखिए पछि ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रनाउ ध्रुव कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको ट्रक भिक्र रहेको औषधी तथा खुद्रा समानहरुको अ.मुल्य रु. ४५ लाख ९६ हजार १ सय ४ मुल्यांकन गरी आवस्यक कारवाहीको लागी शुत्रवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box