सहारा दैनिक

spot_img
Homeदेशमधेशपर्सा र बाराका तस्करलाई सशस्त्रको ग्रीन सिग्नल

पर्सा र बाराका तस्करलाई सशस्त्रको ग्रीन सिग्नल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ पुस ।
सशस्त्र प्रहरी बलले ग्रीन सिग्नल दिए पछि पर्सा र बारा जिल्लाका सिमानाकाबाट अवैध ओसार पोसार (तस्करी) लाइन निर्वाध संचालन भएको समाचार बुझिन आएको छ ।
प्राप्त समाचार अनुसार सिमा क्षेत्रको सुरक्षाको दायित्व बोकेर परिचालित सशस्त्र प्रहरी बलले नै पर्सा र बाराका तस्करहरुलाई ग्रीन सिग्नल दिए पछि कपडा, काजु, चिनि, मरिच लगायतका समाग्रीको तस्करी लाइन संचालनमा आएको हो ।
बेलाबेलामा देखावटी रुपमा सिमा क्षेत्रमा कडाइ गर्ने बहानामा २–४ दिन तस्करी लाइन नियन्त्रणको नाममा तस्करकै सहमतीमा उनीहरुबाट समान्य मुल्यका सामानहरु नियन्त्रणमा लिएर प्रचारबाजी गर्न तत्पर रहने सशस्त्र प्रहरी बलका पर्सा र बारा जिल्लाका पदाधिकारीहरु अहिले तस्करको चासनीमा डुवेर निर्वाध तस्करी लाइन संचालन गर्न हरियो झण्डा देखाएको तस्कर श्रोतबाट बुझिन आएको छ ।
पछिल्लो केही दिन देखी पर्सा जिल्ला सदरमुकाम वीरगंज कै छपकैया, सिर्सिया, इनर्वा गाउ नाकाका साथै ग्रामिन क्षेत्रका अमरपट्टि, धोरे, भिष्वा,जानकीटोला र ठोरी नाकाबाट तस्करहरुले कपडा, काजु, चिनि, मरिच लगायतका समाग्रीहरु निर्वाध भित्रियाएर गन्तव्य सम्म पुर्‍याउन थालेका छन ।
तस्करहरुले सामानहरु अन्य नाकाबाट साइकल, मोटरसाइकल, टाउकोमा र टेम्पो/टांगा/इरिक्सामा ओसारने गरेका छन भने अमरपट्टि, जानकीटोला र ठोरी नाकाबाट त पिकअप गाडी मै भारतबाट ओसार्ने गरेको श्रोतले जनाएको छ ।
तस्करहरुले अहिले चामल र भुजा उद्योगहरुको प्रयोग गरी भारतबाट अवैध रुपले दैनिक रुपमा अरोडौं भन्सार राजस्व चुहवट गरी भित्रियाउने गरेका सामानहरु खाद्यान्न समाग्री बोकेको मालबाहक सवारी साधन मार्फत गन्तव्य सम्म पुर्‍याउने गरेका छन ।
त्यसै गरी बारा जिल्लाको सिम्रौनगढ, मटिअर्वा र बलरामपुर/मुसहर्वा नाकालाई प्रयोग गरी तस्कर उमेश साह लगायतले चिनि, काजु र दालका साथै कपडा निर्वाध रुपले ट्याक्टर र पिकअप गाडी नै प्रयोग गरी भारतबाट नेपाल भित्रियाएर पर्सौनी स्थित रहेका चामल र भुजा उद्योगहरुलाई प्रयोग गरी गन्तव्य सम्म तस्करीका सामानहरु पुर्‍याउने गरेको श्रोतले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -