सहारा दैनिक

spot_img
Homeसमाचारउक्साए “आणविक हमला” गर्न नहिच्किचाउने” उत्तर कोरियाली नेता किमको चेतावनी

उक्साए “आणविक हमला” गर्न नहिच्किचाउने” उत्तर कोरियाली नेता किमको चेतावनी

सियोल, ५ पुस (रासस/सिन्हृवा)
उत्तर कोरियाले “शत्रले आणविक अस्त्र” ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ ।
प्योङयाङलाई “आणविक हतियारले उक्साएमा” आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताउनुभएको हो ।
यद्यपि सियोल र उसका सहयोगीले “बिना शर्त वार्ता” गर्न उक्तर कोरियालाई आहृवान गरेका छन् ।
गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुत्त राज्य अमेरिकाबीच भएको बैठकपछि किमले यस्तो चेतावनी दिनुभएको हो ।
बैठकको कार्यसूचीमा “आणविक र रणनीतिक योजना” समावेश गरिएको थियो र सहयोगीहरूले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियामाथि प्योङयाङले गरेको कुनै पनि आणविक आक्रमणले उत्तर कोरियाली शासनको अन्त्य हुने कुरा दोहोर्‍याएका थिए ।
किमले आफ्नो सेनाको क्षेप्यास्त्र ब्युरोलाई “शत्रुले आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्न समेत नहिचकिचाउन” भनेको प्योङयाङको कोरियाली केन्द्रिय समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।


त्यसको केही समयफछि वासिङ्टन, सियोल र टोकियोले वक्तव्य जारी गर्दै आणविक शत्ति सम्पन्न मुलुकलाई “थप उक्साहट नगर्न र बिना कुनै पूर्वशर्त ठोस वार्तामा संलग्न हुने आहृवानलाई स्वीकार गर्न” आग्रह गरेका थिए ।
यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको कीर्तिमानी शृंखलाको सामना गर्दै तीनै देशले प्रतिरक्षा सहयोग बढाएका छन् र मंगलबार उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको तथ्याङ्क सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।
उत्तर कोरियाले सोमबार आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र हृवासोङ(१८ प्रक्षेपण गरेको थियो र पछि यसलाई वासिङ्टन र उसका सहयोगीहरूको निरन्तरको “सैन्य खतरा” को रक्षाका लागि गरिएको बताएको थियो ।
गत हप्ता दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी पुगेको थियो र बुधबार वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा आफ्ना लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।
उत्तर कोरियाले हालै “कोरियाली प्रायद्वीप कानुनअनुसार युद्धको अवस्थामा रहेको” र वासिङ्टनले दक्षिणमा तैनाथ गरेको “रणनीतिक सम्पत्ति” विनाशको पहिलो निशाना हुने बताएको छ ।
गत अक्टोबरमा सियोल, टोकियो र वासिङ्टनको पहिलो संयुक्त हवाई अभ्यासमा आणविक हतियार बोक्न सक्ने अमेरिकी बी(५२ बमवर्षक विमानले भाग लिएपछि प्योङयाङले उक्त अभ्यासलाई ”अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम” भनेको थियो ।
प्योङयाङले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र लामो समयदेखि क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक “प्रतिकार” को रूपमा न्यायोचित ठहर्‍याउँदै आएको छ ।
प्योङयाङले गत वर्ष आफूलाई “अपरिवर्तनीय” आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -