सहारा दैनिक

spot_img
Homeदेशमधेशपाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

बारा, २ पुस (रासस)
जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित आज पक्राउ परेका हुन् ।
वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
पक्राउ पर्नुभएका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित हुनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -