सहारा दैनिक

spot_img
Homeदेशसंसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा

संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा

काठमाडौँ, २९ मङ्सिर (रासस)
गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मती नदीको किनारमा रहेको संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यारत हुनुहुन्छ ।
महालक्ष्मी नगरपालिका–८, ललितपुरका रेग्मी १६ दिनदेखि सिसी क्यामेराको निगरानीमा पानी पनि नपिई तपस्यामा लीन हुनुभएको हो । गत वर्ष फागुन ३ गते सपनामा अलौकिक शक्ति प्राप्त भएको अनुभूति भएपछि पानी पनि नखाई समय बिताउँदै आएको दावी उहाँले गर्नुभएको छ । पानीसमेत नखाएको पनि आफूलाई केही फरक नपरेको, भोक नलागेको उहाँले जानकारी गराउनुभयो । अलौकिक शक्ति प्राप्त भएपछि १२० केजीका रेग्मीको तौल घटेर ८० केजी भएको पनि मन्दिर परिसरमा राखिएको ब्यानरमा उल्लेख गरिएको छ ।
मङ्सिर १४ गतेदेखि भने उहाँ संसारीमाई मन्दिर परिसरमा सिसीक्यामेराको निगरानीमा केही नखाई बस्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उहाँको निगरानी सिसीक्यामेरा, स्थानीयवासी र प्रहरी प्रशासनले पनि गरिरहेको छ । निराहार व्रत बसिरहनुभएका उहाँको दर्शनका लागि आउने भक्तजनको संख्या पनि मन्दिर क्षेत्रमा बढ्न थालेको छ ।
निराहार तपस्यामा रहनुभएका रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न संघीय सांसद सन्तोष चालिसे, वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाललगायत पुग्नुभएको गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा रेग्मीसँगै काम गर्नुभएका सिग्देल सहकर्मीमा एक्कासी आएको परिवर्तनले आफु पनि आश्चर्यचकित भएको बताउनुहुन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -