सहारा दैनिक

spot_img
Homeदेशवीमनपाको पन्जिकरण शाखा विवाद समाधान बारे छलफलः सुशासन समितिलाई अध्ययन गर्ने जिम्मेवारी

वीमनपाको पन्जिकरण शाखा विवाद समाधान बारे छलफलः सुशासन समितिलाई अध्ययन गर्ने जिम्मेवारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ मंसिर ।
बीरगंज महानगरपालिकाको बोर्ड बैठकमा विवाद समाधान बारे छलफल भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको पुरानो कार्यकक्षमा पन्जिकरण शाखा वा उपमेयरको सचिवालय राख्ने विषयमा बुधवार भएको विवाद समाधानका लागी बिहिवार बसेको बैठकले छलफल गरेको हो ।
मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्ष अहिले सरेको कोठामै रहने र पन्जिकरण शाखा सार्ने सम्बन्धमा सुशासन समितिलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय गरेको बैठकमा सहभागी विमनपा वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानुले जानकारी दिनु भयो ।
सुशासन समितिलाई पन्जिकरण शाखा सार्ने सम्बन्धमा अध्ययन गरी आउने सोमवार बस्ने बोर्ड बैठकमा प्रतिवेदन पेश गर्ने गरी बैठकले समय तोकिएको वडा अध्यक्ष कानुले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -