सहारा दैनिक

spot_img
Homeदेशडेढ विघा जग्गाको गाँजा खेती फाडानी

डेढ विघा जग्गाको गाँजा खेती फाडानी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ मंसिर ।
पर्सा प्रहरीले डेढ विघा जग्गामा लगाइएको गाँजा खेती फाडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं.३ झबराहामा लगाइएको गाँजा खेती फडानी गरेको हो ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा शनिवार प्रहरी टोलीले अवैधरूपमा ३० कठ्ठा जग्गामा लगाइएको १२ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -