सहारा दैनिक

spot_img
Homeदेशटिवडेवाल दाजुभाईको राजश्व छली कारोवार जारी

टिवडेवाल दाजुभाईको राजश्व छली कारोवार जारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ मंसिर ।
दोहोरो नागरिक सम्बन्धी प्रमाण सहित सयकडौं उजुरी जिल्ला प्रसाशन कार्यालय पर्सा र गृहमन्त्रालयमा परे पनि कारवाही नहुंदा देश दिन प्रति दिन टाट पल्टिने अवस्थामा पुगेको छ ।
एका तिर विभिन्न कारणले मुलुकको अर्थतन्त्र धारासायी बन्दै गएको अवस्थामा द्वध नागरिकहरुले नेपालमा राजश्व छली र बैंक लोन लिएर पचाउने मुख्य उदेश्य लिएर बसे पनि यिनिहरु विरुद्ध परेको उजुरीहरु उपर राज्य संयन्त्रले लिनु पर्ने आवश्यक निर्णय नलिंदा देश टाट पल्टिने अवस्थामा पुगेको जानकारहरुको तर्क छ ।
यसै क्रममा प्राप्त समाचार अनुसार वीरगंज भन्सार र सुख्खा बन्दरगाहमा क्लियरिङ एजेन्टको काम गर्दै आएको सुशील टिबडेवाल खानदानी भारतीय नागरिक भएको यथेष्ट प्रमाण सहित समाचार प्रकाशन भई सक्दा पनि मुद्रा दोहन गरि उन्मुक्ति दिने काम बाहेक हाल सम्म केही भएको छैन ।
राज्य सत्तामा पहुंच भएकाहरुसंग नाता गांसेर टिवडेवाल ब्रदर्सले वीरगंज भन्सारलाई दुहुनो गाई बनाएर कमाई रहेका छन ।
यी दुई दाजुभाईले विगतमा मेमोरी कार्डको अवैध कारोवारका साथै राजश्व छलीका लागी अनलाईन प्रणाली नहुंदा नक्कली भ्याट बिल समेत विक्रि गर्दै आएका थिए भन्ने कुरा उनी निकट श्रोतकै दावी छ ।
सुशील र कमल दुबैको आमा बुबा हालसम्म भारतीय नागरिक नै रहेको र सम्पूर्ण खानदानको नाम भारतीय मतदाता सूचीमा भए पनि उनीहरु नेपालको नागरीकता कसरी लिन सफल भए यसको छानबिन तर्फ कसैको ध्यान किन न गएको होला ? सहजै अनुमान गर्न सकिन्छ ।
केही राजनीतिक दलका नेता र राष्ट्रघाती कर्मचारीहरु मिलेर देश लुटिरहेको वर्तमान परिस्थितिमा जनता टुलुटुलु हेरेर बस्न बाध्य बनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -