सहारा दैनिक

spot_img
Homeदेशभारतीय कुखुराको चल्ला नष्ट

भारतीय कुखुराको चल्ला नष्ट

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ मंसिर ।
पर्सा प्रहरीले बरामद गरी बुझाइएको भारतीय कुखुराको चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियाले नष्ट गरेको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर चोक स्थितबाट बरामद गरी बुझाएको चल्ला क्वारेन्टाइन चेक पोष्टले नष्ट गरेको हो ।
प्रहरी टोलीले मंगलवार बिहान ३ बजेको समयमा अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजााच समेत नगराई नेपाल तर्फ भित्राउदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तस्करहरुले BR05B 2881 र BR05W 8381 नम्बरको भारतीय मो.सा.मा भारतीय कुखुराको चल्ला ४२ कार्टुनमा ४ हजार २ सय गोटा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ चल्ला छाडेर तस्करहरु फरार भएकोले वेवारिसे अवस्थामा बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा बुझाए पछि उक्त चल्लाहरु नष्ट गरिएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -