सहारा दैनिक

spot_img
Homeदेशवीरगंजका युवा "Asia's Young Entrepreneur Of the year Award – 2023" बाट...

वीरगंजका युवा “Asia’s Young Entrepreneur Of the year Award – 2023” बाट सम्मानित

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ मंसिर ।
वीरगंज राधेमाई स्थित ए प्लस एकेडेमीका स–संचालक एवम् प्रधानाध्यापक २८ वर्षीय देव जयसवाल “Asia’s Young Entrepreneur Of the year Award – 2023” बाट सम्मानित भएका छन ।
भारतको तमील नाडडु स्थित Hotel Breeze Residency मा आयोजित “Asia Awards-2023” कार्यक्रममा जयसवाल सम्मानित भएका हुन् ।
जयसवाल समाजसेवा अन्तरगत विभिन्न कार्यक्रमहरु सहित भौतिक र आर्थिक सहयोगको साथ–साथै आफ्नो साथीहरुसंग मिलेर संचालन गरेका शैक्षिक संस्थाहरुमा ३० प्रतिशत गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति दिइ शिक्षा प्रदान गरे वापत “Asia’s Young Entrepreneur Of the year Award – 2023” बाट सम्मानित भएका हुन् ।
वि.सं. २०६८ सालको एस.एल.सी. परीक्षामा विशिष्ट श्रेणी ल्याएका जयसवाल वि.सं. २०७४/७५ सालको बी.एस.सी. को प्रवेश परीक्षामा TRMC Top र नेपाल Second Top भएका थिए ।
जयसवाल भन्छन, “मैले हाम्रो समाजको गरिबीलाई न्युनिकरण गर्न कुनै पनि कसर छोड्दिन र आफ्नो शैक्षिक संस्था स्कूल र टयुसन सेन्टर” मा गरिब र जेहेनदार विधार्थीहरुलाई पूर्ण छात्रवृति दिएर अन्त्य सम्म पढाउने छु ।
हाम्रो समाजबाट गरिबीलाई न्युनीकरण गर्दै शुन्य चरण सम्म लै जाने सपना सजाएका जयसवाल भन्छन्– मैले आफ्नो सपना साकार बनाउन उपयुक्त बाटोमा लागेको छु ।
जयसवाल वर्तमान समयमा ए प्लस एकेडेमीका स–संचालक एवं प्रधानाध्यापक हुनुको साथै वीरगंज १३, राधेमाई स्थित Maa Saraswati Tuition Center “Einstein Academy” को CEO पनि हुन् ।
जयसवाल यस अघि Asia-GCC Awards अन्तरगत Excellence in Education and leadership program को लागि “Most Innovative and Promising Young Entrepreneur in Asia” नामक उपाधि समेत लिई सकेका छन् ।
उनी यो आदर र सम्मानलाई आफ्नो स्वर्गीय आमा सरस्वती देवी कलवार, गुरुवर्ग, अभिभावक वर्ग, शुभेच्छुहरुका साथै पर्सा जिल्लाका नेपाली काग्रेंसका पूर्व उप–सभापति स्वर्गीय काका अशोक जयसवाललाई समर्पित गर्न चाहन्छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -