सहारा दैनिक

spot_img
Homeदेशगण्डकीदेशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक–नेता कोइराला

देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक–नेता कोइराला

नवलपरासी, १५ मङ्सिर (रासस)
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ ।
कृषि प्रधान देश भन्छौँ तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।”
देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ रु भन्ने कुरामा पुग्न नसकेको नेता डा कोइरालाको भनाइ छ ।
नेता कोइरालाले भन्नुभयो– “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएको भनेका छौँ । संघीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”
संघीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उहाँले बताउनुभयो । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उहाँको भनाइ छ ।
संघीयता आयो तर अधिकार विहीन संघीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाई छ ।
सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी संघीयताको अनुभुति हुन्छ रु भनी प्रश्न गर्नुहुँदै नेता कोइरालाले अधिकारसहितको संघीयता लागू गर्न आवश्यक रहेको बताउनुभयो ।
नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताउनुभयो । विसं २०८४ को लागि लिएको मिसन ९लक्ष्य० लाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विसं २०८४ को निर्वाचना कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले बताउनुभयो । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, दिनेश कोइराला, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्क्री वित्रम खनाल, भीमबहादुर थापालगायतले कार्यक्रममा सम्बोधन गर्दै पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -