सहारा दैनिक

spot_img
Homeदेशद्वध नागरिक टिवेडवाल दाजु भाई गम्भिर प्रकृतिका अवैध कारोवारमा संलग्न

द्वध नागरिक टिवेडवाल दाजु भाई गम्भिर प्रकृतिका अवैध कारोवारमा संलग्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ मंसिर ।
विभिन्न अवैध कारोवारमा नाम मुछिदै आएका टिबडेवाल दाजु भाई यती वेला लागु औषध कारोवारमा पनि संलग्न रहेको समाचार बाहिरिएको छ ।
विगतमा मेमोरीको अवैध कारोवारका साथै ठुलाबडा कम्पनीलाई राजश्व छल्न नक्कली भ्याटविल समेत विक्रि गर्ने गरेको घट्नामा चर्चाको शिखरमा रहेका द्वध नागरिक सुशील टिवेडवाल (मिन्टु) र कमल टिवेडवाल (सोनु) वीरगंज भन्सार कार्यालयलाई कार्यक्षेत्र बनाएर गम्भिर प्रकृतिका अवैध कारोवारहरुमा संलग्न रहेको समाचार बाहिरिएको हो ।
अंकुश डेली डट कममा आएको समाचार अनुरुप केही वर्ष अगाडि बिरगंजमा भाडाको घरमा बस्ने शुरेश टिवेडवालको सम्पुर्ण परिवार भारतीयबाट नेपाली नागरिकमा परिणति भएका छन् । चोथमल जाटियाको कपडा फैक्ट्रीमा काम गर्ने शुरेस टिवेडवालका छोरा सुशील टिवेडवाल (मिन्टु) र कमल टिवेडवाल (सोनु) आज बिरगंज भन्सार नाकाको बेताज बादशाह भएका छन् ।
नेपालको राजनीतिक परिवर्तनको फाइदा उठाउदै नागरिकता ऐन २०६३ को बर्खिलाप भारतीय नागरिक भएकै अवस्थामा शुशील,कमल र उन्को परिवारले झुठो विवरण पेश गरि यहााका स्थानीय,नेता र प्रशासनहरुलाई प्रभावित गरेर नागरिकता हासिल गरे ।
बर्मेली न्योपाने ब्रदर्श होस् वा नेपालको ञटाइकुनझ मारवाडी, जम्मैको बिरगंज भन्सार नाका बाट ञमालझ पास गराउने जिमा सुशील टिवेडवाल मिन्टुकै हो । युवाहरुले लागू औषधको रूपमा प्रयोग गर्ने रसायन पनि दरबन्दी परिवर्तन गरी टिवेडवाल ब्रदर्शले औषधी उद्योगको नाउमा भन्सारबाटै भित्रयाई रहेको बताइन्छ ।
रंगुनबाट भागेर आएका केही मारवाडीहरुले नेपाललाई टाट पल्टाएको आरोप दुर्गा प्रसाइले लगाई रहेको र उन्को अभियानमा रैथाने मारवाडीहरु खुलेर जनता बीचमा आइरहेकोले गर्दा पनि विवादित राष्ट्रियता भएका टिवेडवाल ब्रदर्श जस्तहरुलाई नेपाली बैंकहरुले विश्वास गर्ने आधार नभएता पनि करोडौं ऋण लागानी गरेको बुझिएको छ ।
भन्सारका भ्रष्ट अधिकृतहरुबाट धाप पाएका मिन्ट्लुे उनीहरुको नजराना पनि चलाउने गरेको र छोटो अवधीमा यिनिहरुको दिन दुइगुना रात चौगुना प्रगती देखेर छिमेकीहरु औला टोक्न बाध्य भएका छन् ।
नेपालको नागरिकता लिने बेलामा भारतीय नागरिकता नत्यागेका दोहोरो नागरिक माथी कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय सदैव तयार रहेको प्र.जि.अ हिरालाल रेग्मीले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -