सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ मंसिर ।
दश कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले फाडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पसाबाट प्रनि संतोष राईको नेतृत्वमा खटिएको टोलीले पर्सा जिल्ला ठोरी गाउपालिका स्थित लगाइएको गाँजा खेती फडानी गरेको हो ।
प्रहरी टोलीले ठोरी गापा वडा नं.३ र ४ स्थितमा दश कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरिएको जिप्रकाले जनाएको छ ।
जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार बिक्रम थापाका अनुसार गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने छ ।
Facebook Comments Box