सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ मंसिर ।
अभियान डिजिटल वर्ल्ड प्रालिले आफूहरू कुनै अवैध कारोबार गरेको दाबी गरेको छ ।
अभियान डिजिटल वर्ल्ड प्रालिले एक प्रेस विज्ञप्ती जारी गरी अवैध रुपमा कानून विपरीत चिठ्ठा खेलाएर उपभोक्तालाई ठगी गरिरहेको खबरहरू प्रकाशमा आएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउदै कुनै अवैध कारोबार गरेको दाबी गरेको हो ।
प्रालीका अध्यक्ष विष्णु प्रसाद काफ्लेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रकासमा आएको समाचारमा सत्यता नरहेको दाबी गर्दै भ्रममा नपर्न पाठक वर्गमा अपिल गरेको छ ।
अभियान डिजिटल वर्ल्ड प्रा. लि. डेढवर्षदेखि विद्युतीय सामग्री टीभी र वाशिङ मेशिड एसेम्बल गरी विक्री वितरण गर्नुका साथै अन्य विद्युतीय सामग्रीहरु फनि ग्राहकहरुको आवश्यकता र क्रयशत्तिको आधारमा किस्ताबन्दीमा पनि उपलब्ध गराउदै आएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा बजारमा धेरै थरीका योजना सहित सामान बिक्री वितरण गर्ने तरिकाहरु हुन्छन् । उपभोक्तालाई गुणस्तरीय वस्तु सहुलियतमा सरल र सहज रुपमा उपलब्ध गराउने र सकेसम्म नेपाली उत्पादनलाई नै प्रयोग गर्ने नेपाली उपभोक्ताहरुलाई प्रोत्साहन गर्न पनि नेपालमा हामीले यो व्यावसाय शुरु गरेको उल्लेख छ ।
प्रा.लि.ले हामी नेपाल सरकारको संविधान, कानून, नियमको पूर्ण पालना गर्दै हाम्रो व्यावसाय पनि ग्राहकहरु सम्म सरल र सहज रुपमा पुयाउन तत्पर रहदै आएका छौं । हामीले अहिलेसम्म उपलब्ध गराएको वस्तु र सेवाबाट उपभोक्ताहरु पनि सन्तुष्ट नै हुनुहुहन्छ विज्ञप्तीमा उल्लेख गरेके छ ।
विज्ञप्तीमा अभियान डिजिटल वर्ल्ड प्रा.लि. मिति २०७९ साल भदौदेखि वीरगंजमा पनि शाखा कार्यालय स्थापना गरेर व्यावसाय शुरु गर्दै आएका छौ । सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउछौ उल्लेख छ ।
कुनै तथ्य प्रमाण र आधार बेगर कपोल्कल्पित र भ्रमपूर्ण समाचार प्रकाशन गरेर ग्राहकलाई भ्रममा पार्न खोजिएको बुझाई रहेको जनाउदै प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा कुनै प्रकारको चिठ्ठाको नाममा रकम असुली नगरेको तर किस्ताबन्दीमा ग्राहकलाई आवश्यक सामानहरु उपलब्ध गराउदै आएको जनाएको छ ।
जनतालाई सुसूचित गर्ने सञ्चार माध्यम र देशको चौथो अंगको रुपमा पहिचान बनाएको सञ्चारकर्मीले आफ्नो व्यावसायिक मर्यादा र पत्रकार आचार संहिता विपरित गरेको गतिविधिले सिंगो पत्रकारिताक्षेत्रको विश्वसनीयता त घटाएको छ नै हामीले गर्दै आएको स्वच्छ व्यावसायमाथि पनि असर पारेको छ । यसको कानूनी उपचारको बाटोमा हामी जाने समेत विज्ञप्तीमा अभियान डिजिटल वर्ल्ड प्रा.लि. उल्लेख गरेको छ ।