सहारा दैनिक

spot_img
Homeदेशमधेशमन्दिरको जग्गा अतिक्रणको गढीमाई मन्दिर विकास समितिको आपत्ती

मन्दिरको जग्गा अतिक्रणको गढीमाई मन्दिर विकास समितिको आपत्ती

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० मंसिर ।
श्री गढी माई मन्दिर संचालन तथा विकास समिति बरियारपुर बाराले वडा अध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप लगाएको छ ।
श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिका कोषाध्यक्ष महेश जैसवालले बीरगंज स्थित नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप लगाएको हो ।
मन्दिरको जग्गा अतिक्रण गरी वडा अध्यक्षले हिन्दु धर्मावलम्वीहरुको आस्था माथी प्रहार गर्न खाजेको आरोप लगाउदै जैसवालले निर्माण कार्यमाथी समितिले आपत्ती प्रकट गरेको बताउनु भयो ।
उहाले मन्दिर क्षेत्रको केन्द्र बिन्दुमा निर्माण हुने वडा कार्यालयले मन्दिरलाई कुरुप बनाउने एवं पञ्चबर्षिय मेलालाई नै प्रभावित पार्ने बताउनु भयो । पत्रकार सम्मेलनमा कोषाध्यक्ष जैसवालले वडावासीहरुको सहजताको लागि वडा कार्यालय निर्माण हुनु आवश्यक रहेको भएपनि त्यसका लागि थुर्पै बैकल्पिक ठाउहरु रहेको बताउनु भयो । उहाले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुप्ताले बिश्व प्रख्यात मन्दिर गढीमाईको नाममा रहेको किता नं. ३६७ को ४ कठ्ठा १० धुर जग्गा अतिक्रण गरी मनोमानी ढ·ले अगाडी बढाएको निर्माण कार्य तत्काल रोक्नु पर्ने माग गर्नु भयो ।उहाले निर्माण कार्य शुरु भएयता विकास समितिले निर्माण कार्यको विरोध गर्दे आए पनि निर्माण कार्य नरोएपछि आफुहरु अदलातको सरणमा गएको समेत जानकारी दिनु भयो । देशको मुख्य तिर्थ स्थल एवं पर्यटकीय स्थलको रुपमा विकास हुदै गएको मन्दिरको मुख्य भागमा यसरी घर निर्माण भएपछि मधेशकै पर्यटकीय विकासमा समेत बाधा पुग्ने भएको हुंदा जैसवालले सारोकारवालाहरुले यस कार्यको बिरोध गर्नु पर्ने पत्रकार सम्मेलनमा बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -