सहारा दैनिक

spot_img
Homeदेशमधेशकुरितीविरुद्ध विद्यापतिको योगदान अतुलनीय–नेता निधी

कुरितीविरुद्ध विद्यापतिको योगदान अतुलनीय–नेता निधी

जनकपुरधाम, ९ मङ्सिर (रासस)
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली साहित्यका महाकवि विद्यापतिले भाषा, साहित्य र सौन्दर्यशास्त्रमा मात्रै नभई आफ्ना रचनामार्फत लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको धारणा राख्नुभएको छ ।
विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरधाममा आयोजना गरेको ॅविद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त आवाज उठाएको इतिहास स्मरण गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मैथिली भाषालाई साहित्य रचनामार्फत जनजनसँग जोड्न खेलेको भूमिकाका कारण विद्यापतिलाई अहिलेसम्म पनि देवतुल्य व्यक्तिका रूपमा सबैले श्रद्धा गर्ने गरेको बताउनुभयो ।
जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले मिथिलाञ्जलको लोक–व्यवहारलाई साहित्यिक रचनामार्फत थप समृद्ध बनाउन र तत्कालीन समयमा नागरिक सम्बन्धलाई जोड्न विद्यापतिले खेलेको भूमिका स्तुत्य रहेको धारणा राख्नुभयो ।
संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले महाकवि विद्यापतिको योगदानलाई अहिलेको पुस्तासम्म पुर्याउन बृहत् कार्यक्रम र जनकपुरमा विद्यापति पुस्तकालय स्थापना गर्न जरुरी रहेकाले सरकारबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाली भाषाको माध्यमबाट मधेसका समसामयिक विषयमा समाचार सम्प्रेषण गर्न भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति मधेस प्रदेश प्रमुख टीकाराम सुनार र रेडियो नेपालका संवाददाता अजयकुमार झालाई सम्मान गरिएको थियो ।
मैथिली साहित्यमा चौधौँ शताब्दीको संघर्षपूर्ण समयमा जन्मिनुभएका विद्यापतिले रचना गर्नुभएका पुरुष परीक्षा, भूपरिक्रमा, किर्तीकला, लेखनावली, ग·ावाक्यावली, दानवाक्यावली, गयापतालकलगायत ग्रन्थहरू चर्चित छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -