सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले मधेशको मुहार फेर्नेहरुले आफ्नै मुहार फेरेको बताउनु भएको छ ।
एक हप्ते कार्यक्रम अन्तरगत मधेश झरेका अध्यक्ष लामिछानेले शुक्रवार वीरगंजमा रास्वपाद्वारा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो ।
उहाले मधेशको भविष्य फेर्न आफु मधेश आएको आएको बताउदै देश र मधेशको भविष्य फेर्न तयारीको साथ आफु मधेश आएको वताउनु भयो ।
सो अवसरमा उहाले मधेश मै पार्टी बिशेष बैठक पनि राखिएको जानकारी दिंदै धेरैले मधेशमा किन आउनु भएन, कहिले आउनुहुन्छ भनिरहंदा मैले भनिरहेका थिए ।
बर्षोदेखि विभेदमा परेको मधेशमा तयारीको साथ आउनु पर्छ । त्यस अनुसार नै मधेशमा पाइला राखिएको छु । एक चोटी पाइला राखिसकेपछि अब जरो गाडेर मात्र फर्कन्छु भन्नु भयो ।
उहाले मधेशको मुहार फेर्नेहरुले आफ्नो मुहार फेरेको आरोप लगाउदै देशमा मात्र होइन विदेशमा समेत आफन्तको नाममा सम्पती जोडेको वताउनु भयो ।
मधेशले खोजेको शिक्षा, स्वास्थ्य, रोजगार राष्ट्रिय स्वत्नत्र पार्टीले दिने वताउनु भयो । सो अवसरमा उहाले परिस्थितीले जन्माएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको वताउदै चुनाव सम्म मधेशलाई माया गर्ने एक सय एक सपुत खोजेर संसदमा लग्ने दाबी पनि गर्नु भयो ।
Facebook Comments Box