सहारा दैनिक

spot_img
Homeदेशमधेशतलव नपाएको भन्दै विद्यालय बन्द गरेर शिक्षकहरु धर्नामा

तलव नपाएको भन्दै विद्यालय बन्द गरेर शिक्षकहरु धर्नामा

सहारा संवाददाता–––––––––––––––
मलंगवा, ०७ मंसिर ।
तलब नपाएको भन्दै सर्लाही जिल्ला हरिपुर्वा नगरपालिकाका शिक्षकहरु विद्यालय नै बन्द गरेर धर्नामा बसेका छन् ।
गत साउन देखि नै तलब नपाएको भन्दै उनीहरुले बुधबारबाट विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा दैनिक तीन घण्टा धर्नामा बसेका हुन ।
शिक्षकहरुले सात दिन भित्र आफूहरुको माग पुरा नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन ।
अहिले पहिलो चरणमा हामीले दैनिक तीन घण्टा विहान ११ बजेदेखि दिउसो २ बजेसम्म धर्ना दिएका छौं । हाम्रो माग पूरा नभए थप विरोधका कार्यक्रम सार्वजिनक गर्छौं शिक्षकहरुले बताएका छन ।
धर्नामा बसेका शिक्षक रमेश कुमार यादवले हाम्रो माग तलब पाउनु पर्ने मात्र भएको बताउनु भयो ।
उहाले सकेसम्म मासिक रुपमा तलब पाउने व्यवस्था होस् भन्ने चाहना व्यक्त गर्दै माग पूरा नभए आन्दोलनका अन्य कार्यक्रम तय गरिने बताउनुभयो । उहाले हामीले तलब पाउनकै लागि गत वर्ष पनि यसरी आन्दोलन गर्नुपरेको थियो । अहिले पनि अवस्था यस्तै छ भन्नु भयो ।
समयमै तलब नपाएपछि बाध्य भएर धर्नामा बस्नुपरेको गरीब केश्वर जनता माविका प्रधानाध्यापक सरोज कुमार यादवले बताउनुभयो । धर्नामा बसेका राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक राजीव महतोले तलब नपाउदा घर व्यवहार चलाउन नै मुस्किल भएको बताउनुभयो । उहाले अब त ऐंचो पैचो र उधारो पनि पाउन मुस्किल भईसक्यो । पसलबालाले उधारो पैसा मागेर हैरान गरेको बताउनु भयो ।
हुनेले त जसोतसो चलाउलान तलबकै भरमा घर चलाउने हामी शिक्षकहरुलाई त मुस्लिक भईसक्यो भन्दै चाडवाड अगाडि नै आफूहरुले तलब पाउनु पर्ने माग राख्दै असोज १७ गते नै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको भएपनि तलब नपाएको राष्ट्रिय आधाभूत विद्यालयका प्रधानाध्यापक हरिनारायण कुशवाहाले बताउनुभयो ।
उहाले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआएको र नगरसभा भई नसकेको कारण आफूहरुले तलब नपाएको जानकारी आफूले पाएको बताउनुभयो ।
शिक्षक महासंघ हरिपुर्वाका अध्यक्ष रामलाल रायले शिक्षकहरुको समस्या समाधानका लागि मेयरले नै भूमिका खेल्नु पर्ने बताउनु हुन्छ ।
उहाले शिक्षकहरुले तलब नपाउने समस्या सधैंका लागि अन्त्य हुनुपर्छ भन्दै यसमा मेयरले भूमिका खेल्नु पर्छ । सबैलाई मिलाएर लैजाने, समयमा नगरसभा गर्ने गराउने काम मेयरको हो । हामी त पढाउने हौं । पढाएपछि तलब पाउनु पर्छ भन्नु भयो ।
यता नगरपालिकाका शिक्षा शाखा प्रमुख जनक काफ्लेले नगरपालिकाको परिषद नभएको कारण कुनै पनि आर्थिक कारोबार नहुने हुंदा शिक्षकहरुसहित सबै कर्मचारीहरुले तलब पाउन नसकेको बताउनुभयो ।
उहाले परिषद हुन नसक्दा आर्थिक कारोबार ठप्प छ । हामीले पटक–पटक प्रयास पनि गरेका छौं । मेयरसाप पनि लागि रहनुभएको छ । सबै जनप्रतिनिधि र हामी पनि निरन्तर प्रयासमा छौं । तर पनि सफल हुन सकेको छैन भन्नु भयो ।
त्यस्तै मेयर विनोद कुमार साहले शिक्षक र कर्मचारीहरुले समयमै तलब पाउने स्थिति बन्न नसक्दा आफू निकै दुखि भएको बताउनु हुन्छ । उहाले शिक्षक साथीहरुले मात्रै होईन यहाका अन्य कर्मचारीहरुले पनि तलब पाउनुभएको छैन । जेष्ठ नागरीक, अपा·ता भएका व्यक्ति, एकल महिला, बालबालिकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन नसकेको मेयर साहले भन्नुभयो ।
उहाले प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण अहिलेसम्म नगरसभा नभएको र नगरसभा गर्न नसकेकै कारण यावत समस्या आएको बताउनुभयो । उहाले भन्दा पनि लाज लाग्ने कुरा छ ।अहिले नगरपालिकासंग जाबो एउटा कागज किन्ने पनि पैसा छैन । वडा कार्यालयहरु छिट्टै बन्द हुनेबाला छन् । यो सब हाकिम नभएर र नगरसभा हुन नसकेर भएको हो । प्रमुख प्रशासकीय अधिकृत ल्याएर किन नगरसभा नगरेको भन्ने प्रश्नमा मेयर साहले सामान्य प्रसाशन मन्त्रालयले हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत पठाउनै नसकेको बताउनुभयो ।
मेयर साहले संघीय खानेपानी मन्त्री महेन्द्र राय यादवको कारण हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने फर्किने गरेको र तमाम समस्या सिर्जना आरोप लगाउनु भयो ।
उहाले मन्त्रीजी कै कारण यो सब भएको हो । हामीले पटक–पटक प्रमुख प्रशासकीय अधिकृत लिएर आउछौं, तर मन्त्रीजीले हाजिर हुन नपाउदै त कहिले हाजिर भएको एक घण्टामा कहिले २४ घण्टामै फिर्ता गराई दिने गरेको आरोप लगाउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -