देवराज सापकोटा–––––––––––––––
काठमाण्डौं, ०७ मंसिर ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालले गरेको विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २८ जना घाइते भएका छन ।
काठमाडौँ स्थित बल्खुमा बिहिवार अभियानद्वारा आयोजित विरोध प्रदर्शनको क्रममा प्रहरीसंग भएको झडपमा २८ जना घाइते भएका हुन ।
अभियानले राजसंस्था पुनः स्थापना र बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा लगायतका माग सहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा प्रहरीले हस्तक्षेप गरे पछि झडप भएको हो । झडप पश्चात उत्पन्न तनावको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।
प्रहरीले भिडलाई तितरवितर गर्न अश्रुग्यास र पानीको फोहरा प्रहार गरे पछि भएको झडपमा प्रहरी सहित २८ जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन भने छ जनाको काठमाडौँ मेडिकल कलेज सिनाम·लमा उपचार भइरहेको छ ।
उत्तेजित प्रदर्शनकारीले प्रहार गरेको ढु·ामुढाबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार समेत गरिएको थियो । यस अघि युवा संघका युवाहरु संग पनि अभियानका प्रदर्शनकारीहरुको झडप भएको थियो ।
अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाही लगायतको सहभागिता थियो ।
Facebook Comments Box