सहारा दैनिक

spot_img
Homeदेशमधेशखुद्रा समानहरू लोड ट्रक नियन्त्रण

खुद्रा समानहरू लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ मंसिर ।
बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट गए राती खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगंजबाट कास्कीतर्फ जाादै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक भित्र लोड रहेको खुद्रा समानहरूको अ.मु.रू.७९ लाख ५६ हजार मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -