सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ मंसिर ।
भारतीय कपडाको अवैध आयातलाई प्रश्रय दिएका सम्बध निकायले अहिले चाइनिज लाइटरको अवैध निकासी एवं तस्करीलाई थप बढावा दिएको बुझिन आएको छ ।
भारत सरकारले चाइनिज लाइटरको आयोतमा प्रतिबन्ध लगाए पछि अहिले वीरगंज नाकाबाट तस्करी मौलाएको समाचार श्रोतले जनाएको छ ।
समाचार श्रोतका अनुसार भारत विहार, हरिसिद्धि घर भै वीरगंजमा बस्ने सज्जन अग्रवाल र मनिस बावरी अहिले लाइटर तस्करीमा सकृय भएका छन ।
सिमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई आर्थिक प्रभावमा पारेर बावरी र अग्रवालले दैनिक करोडौं मुल्य बराबरको चाइनिज लाइटर केरियर (स्थानीय तस्कर) मार्फत भारत तर्फ पठाउने गरेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार भारत हसिद्धि घर भए पनि नेपाली नागरिकता लिन सफल अग्रवालको लाइटर तस्करी अहिले चरम उत्कर्षमा पुगेको छ ।
Facebook Comments Box