सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ कार्तिक ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको आतिसवाजी/विभिन्न किसिमका पटाका नष्ट गरेको छ ।
चाडपर्व सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको भारतबाट लुकाइ छिपाई ल्याइएका आतिसवाजी तथा पटाकाजन्य बस्तुहरू नष्ट गरेको हो ।
प्रहरीले विभिन्न मिति तथा स्थानहरूबाट नियन्त्रणमा लिएको अ.मू.रू.८ लाख बराबरका आतिसवाजी तथा पटाका वेवारिसे अवस्थामा बरामद गरी स्थानीय जनप्रतिनिधी तथा संचारकर्मीहरूको रोहबरमा शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्साको खाली जग्गामा खाल्डो खनी पानी राखि नष्ट गरिएको छ ।
Facebook Comments Box