सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ कार्तिक ।
लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
संयुक्त चेकिङ टोलीले भारतबाट संकास्प दरूपमा पैदल हिंडिरहेको मकवानपुर जिल्ला मनिहारी गा.पा.वडा नं.६ को ४० वर्षीय कृष्ण बहादुर राईलाई रोकेर खानतलासी गर्दा निजले कालो प्लाष्टीकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट ३५ पत्ता फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Facebook Comments Box