सहारा दैनिक

spot_img
Homeदेशमधेशखुद्रा सामान लोड ट्रक नियन्त्रण

खुद्रा सामान लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ कार्तिक ।
बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको एक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलवार विहान वीरगंज महानगरपालिका वडा नं. १४ गण्डक चोकबाट खुद्रा समानहरू लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट सिराहातर्फ जांदै गरेको ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रकलाई
वीमनपा वडा नं. १४ स्थित गण्डक चोकमा प्रहरीले रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक भित्र रहेको मालसामानको अ.मु.रू.१७ लाख ५४ हजार २ सय ८७ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -