सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० कार्तिक ।
पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो र
वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थितमा प्रहरीको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट संकास्पद रूपमा पैदल हिंडिरहेको भारत विहार जिल्ला मोतीहारी नकरदेही थाना ग्राम भवानीपुर बस्ने २७ वर्षीय भुलावन पटेललाई खानतलासी गर्दा निजले लगाएको जिन्स पाइन्टको पछाडीको खल्तीमा खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९.५२० मि.ग्राम फेला परेको जिप्रकाले जनाएको छ ।
खैरो हिरोइन सहित पक्राउ परेका पटेललाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले प्रतिबन्धित लागु औषध नाईट्राभेट ३ डिब्बा सहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।
वी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थितमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउदै गरेका अवस्थामा बारा जिल्ला कलैया उ.म.न.पा.वडा नं .६ बस्ने वर्ष ३१ को सन्तोष महतोलाई खानतलासी गर्दा निजले बोकेको सेतो प्लाष्टिकको झोलामा प्रतिबन्धित लागु औषध नाईट्राभेट ३ डिब्बामा रहेको ९०० ट्याब्लेट फेला परे पछि निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box