सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित केसी पक्राउ

लागु औषध सहित केसी पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ कार्तिक ।
पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगंजबाट हेटौडातर्फ जांदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसबाट प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुरमा प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले चेकजााच गर्ने क्रममा बसलाई रोकेर खानतलासी गर्दा कास्की जिल्ला पोखरा म.न.पा.वडा नं.६ बस्ने वर्ष ४० को रबिन्द्र के.सी.ले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखिएको सेतो झोलामा कालो प्लाष्टिकको झोलाभित्र पत्रिकामा सेतो टेपले बेरी राखिएको प्रतिबन्धित लागु औषध ६ पोकामा फेनारगन– ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र क्ष्एएी नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
लागु औषध फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -