सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ कार्तिक ।
प्रत्येक वर्ष झै यस वर्ष पनि वैष्णोंदेवी माता मन्दिर परिसरमा रावण दहन भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ गणेश टोल स्थित रहेको वैष्णोंदेवी माता मन्दिर परिसरमा मंगलवार रावण दहन गरिएको हो ।
वैष्णोंदेवी माता मन्दिर सेवा ट्रस्टद्वारा बडा दशैंको अवसरमा मन्दिर परिसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी वैष्णों देवी माता एवं दुर्गा भवानीको १० दिन सम्म मनाऊने क्रममा मंगलवार दशमीको दिन रावण दहन गरिएको हो ।
रावण दहनका त्रममा हजारौंको शंख्यमा भक्तजनहरुको सहभागीता रहेको थियो । यस अघी सोमवार नवमीको अवसरमा मन्दिर परिसरमा महाआरती आयोजना गरिएको थियो ।
मंगलवार रवण दहन पश्चात ट्रष्टले वृहत प्रसाद वितरण कार्यक्रम पनि गरेको थियो ।
Facebook Comments Box