सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित एम्बुलेन्स नियन्त्रण

लागु औषध सहित एम्बुलेन्स नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ कार्तिक ।
बारा प्रहरीले लागुऔषध गाँजा सहित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले महागढीमाई नगरपालिका अन्तरगत गंजभवानीपुरबाट २ किलो ५०० ग्राम गाँजा सहित भारतीय एम्बुलेन्स र चालकलाई नियन्क्रणमा लिएको हो ।
सवारी चेक जाँचको त्रममा एम्बुलेन्समा लागु औषध गाँजा भेटिए पछि चालक भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवान र बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिप्रका बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले एम्बुलेन्स चालकलाई सार्वजनिक गर्दै निज उपर लागु औषध ओसार पोसार सम्बन्धि मुद्दामा अनुसन्धान भइ रहेको जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -