सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ असोज ।
वीरगंज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ ।
नगरवासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको हो ।
वीरगंज महानगरपालिकाले स्थापना गरेको प्रयोगशालाको आइतबार जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं संघीय सांसद प्रदीप यादवले उद्घाटन गर्नु भयो ।
सो अवसरमा सांसद यादवले सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताउदै महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा नागरिकले सास्ति खेपिरहेकाले अब महानगरले सुरु गरेको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको बताउनुभयो ।
महानगरपालिकाले बाहिर भन्दा निकै सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गरिने गरि वडा नं. ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब संचालनमा ल्याएको हो ।
ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरि सेवा सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।
कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चांडै आवश्यक प्रविधि जडान गर्ने गरि काम भइरहेको उहाले बताउनु भयो ।
महानगरपालिकाले रु. ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला संचालनमा ल्याइएको हो ।
प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।
प्रयोगशालामा सीबीसी रु. १ सय ७५, लिभर फंक्सन टेस्ट रु. २ सय, लिपिट प्रोफाइल टेस्ट रु. ३ सयमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउदा रु. ७ सय देखि रु. १ हजार सम्म लिने गरेका छन् ।
सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गर्न सक्ने मेयर सिंहले बताउनु भयो ।
त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगौला पिडित, क्यान्सर पिडित, ज्क्ष्ख् संक्रमित, सहिद परिवार र मधेश आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको पनि उहाले बताउनु भयो ।
स्वास्थ्य सेवा नगरवासीको घरदैलोमै पुर्याउन अहोरात्र काम गरिराखेको वीरगंज महानगरले एक पछि अर्को स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाउदै सुलभ दरको प्रयोगशाला सेवाको लाभ लिन उहाले नगरवासीमा अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताउनु भयो ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउामा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम पहिलो ल्याब संचालनमा ल्याइएको जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रसाशक डा.मुक्ति नारायण साह, वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल श्वर्णकार, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्र लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box