सहारा संवाददाता–––––––––––––––
मलंगवा, २८ असोज ।
सर्लाही जिल्ला सदरमुकाम मलंगवामा सुविधा सम्पन्न हस्पिटल् संचालनमा आएको छ ।
मलंगवा नगरपालिका वडा नं. २ मा आईसियू सहितको म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल एण्ड ट्रामा सेन्टर संचालनमा आएको हो ।
हस्पिटलको आइतवार एक कार्यक्रम विच मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र रायले उद्घाटन गर्नुभएको छ ।
म्याक्स हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. संजय कुमार साह, मुटु रोग विशेषज्ञ डा. राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा निः सन्तान रोग विशेषज्ञ डा. विजय कुमार कापर, डा. निमु कुमारी साह, रेडियोलोजिष्ट डा. सोहन कुमार साह लगायतका विशेषज्ञ चिकित्सकहरु बाट सेवा प्रदान गरिने संचालकले जनाएको छ ।
हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृया बाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औं घन्टा एम बि बि एस डाक्टर सहितको सेवा लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जानकारी दिनु भयो ।
सर्लाहीमा सुविधा सम्पन्न अस्पताल नहुंदा सर्लाहीवासीलाई जनकपुर, वीरगंज, भरतपुर, धरान, काठमाडौं, भारतको विभिन्न अस्पताल जाने बाध्यता अन्त्य गर्न म्याक्स हस्पिटल खुलेको अस्पतालका संचालक डा. विजय कापरले जानकारी दिनुभयो ।
समयमै विशेषज्ञ डाक्टरबाट उपचार नपाएर कतिपयको अकालमै मृत्यु पनि हुने भएको हुंदा कम खर्चमा विशेषज्ञ सेवा प्रदान गर्न हस्पिटल खोलिएको डा. कापरले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य जंगिलाल राय यादव, कौशल किशोर राय, सकुन्ती देवी,नेपाली कांग्रेसका पुर्व सभापति लक्षमण राय, नापी कार्यलय प्रमुख संजय मनान्धर लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box