सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ असोज ।
पर्सा प्रहरीले ठुलो परिमाणमा अवैध कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु नियन्त्रणमा लिएको बुझिन आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नं. ५ कुम्हालटोल स्थित एक घरमा छपामारी गर्दै अवैध रुपले भण्डारन गरिएको अवस्थामा कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु नियन्त्रणमा लिएको हो ।
समाचार श्रोतका अनुसार AD कम्प्युटर नामक फर्म संचालन गर्दै आएका सर्लाही जिल्ला अर्नाहा मुल घर भई हाल वीमनपा वडा नं. ५ कुम्हालटोल स्थित घर बनाइ बसेका अजय सिंहले भारतबाट भन्सार छली गरी भित्रियाएर भण्डारन गरी राखिएको अवस्थामा प्रहरीले शनिवार दिउसो छपामारी गरी नियन्त्रणमा लिएको हो ।
वीरगंज घण्टाघर रेल्वे रोड छेउको गल्लीमा संचालन रहेको AD कम्प्युटर नामक फर्म मार्फत सिंहले अवैध रुपले भित्रियाइएको कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु बिक्रि वितरण गर्दै आएका थिए ।
विषेश सुचनाको आधारमा खटिएका प्रहरी टोलीले सिंहको घरबाट झण्डै एक करोड मुल्य बराबरको अवैध कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा श्रोतबाट बुझिन आएको छ ।
श्रोतका अनुसार प्रहरीले सिंहको घरबाट नियन्त्रणमा लिएको कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरुको यकिन विवरण तथा अन्दाजी मुल्य निर्धारण गरी सार्वजनिक तथा आवस्यक कारवाहीको लागी सम्बन्धित निकायमा पठाउने तयारी गरेको छ ।