सहारा दैनिक

spot_img
Homeदेशमधेशहाम्रो नेपाल दैनिक डट कमको वार्षिकोत्समा रक्तदान

हाम्रो नेपाल दैनिक डट कमको वार्षिकोत्समा रक्तदान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ असोज ।
हाम्रो नेफाल दैनिक डट कमको तेस्रो वार्षिकोत्सको अवसरमा आयोजित रक्तदान कार्यत्रम सम्पन्न भएको छ ।
हन्ट नेपाल मिडिया प्रा.लि. वीरगंजद्वारा संचालित हाम्रो नेफाल दैनिक डट कमको वार्षिकोत्सको अवसरमा वीरगंज स्थित घण्टाघर चोकमा आयोजित कार्यक्रममा ५ महिलासहित ३२ जनाले रत्तदान गरेका छन ।
हन्ट नेपाल मिडिया प्रालिका अध्यक्ष रामेश्वर चौरसियाको सभाफतित्वमा आयोजित रक्तदान कार्यत्रमको उद्घाटन नारायणी अस्पताल वीरगंजका निमित मेसु डा. चितरन्जन साहले गरे पछि हरिशंकर गुप्ता, कृष्ण प्रसाद कुशवाहा, महेश महतो, सनम कार्की, प्रभु साह, रिंकु देवी, संगम दाहाल, दिपेन्द्र प्रसाद कलवार, निरन्जन कुमार साह, सकलदेव प्रसाद यादव, अन्तिमा कुमारी, राजन मण्डल, गोफाल साह, अजित कुमार मण्डल लगायतकाले रक्तदान गरेका छन ।
रत्त संचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, समाजिक अभियन्ता प्रकाश थारु, दिलिप राज कार्की, श्याम सर्राफ लगायतले रक्तदाताहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -