सहारा दैनिक

spot_img
Homeदेशमधेशहराएकी ३ वर्षिया बालिकाको उद्दार

हराएकी ३ वर्षिया बालिकाको उद्दार

सहारा संवाददाता–––––––––––––––
कलैया, २२ असोज ।
बारा प्रहरीले हराएको एक ३ बर्षिया बालिकाको उद्दार गरेको छ ।
कलैया बजारबाट हराएकी बालिकाको सोमबार विहान १० बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.२ कवलपुर निवासी श्याम बाबु यादवकी ३ बर्षिया छोरी रागेनी यादवको उद्दार गरिएको बारा प्रहरीले जनाएको छ ।
बालिका हराएको खबर प्राप्त हुना साथ तत्कालै अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खोज तलाश गर्न खटिईएको प्रहरी टोलीले बालिकालाई कलैया उप–महानगरपालिका वडा नं.१ राजदेवी मन्दिर नजिकैबाट उद्दार गरिएको जिप्रकाले जनाएको छ ।
उद्दार गरिएको बालिकालाई सोमवार नै बालिकाकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाईएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -