सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असोज ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँगाउँ पुगेर स्थानीयसंग भेटघाट गरी गुनासोको तत्काल सम्बोधन हुने गरि अभियान सुरु गर्नु भएको छ ।
प्रत्येक दिन महानगर अन्तरगतका एक टोलमा पुगेर मेयर सिंहले त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसंग सुझाव लिइ सम्बोधन गर्ने अभियान थाल्नु भएको हो ।
मेयर सिंहले वीरगंज महानगरको विकास हुने गरि स्थानीयकै माग अनुसार विकास निर्माण तथा स्वास्थ्य, शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझाव अनुसार काम गर्न गाउँगाउँ आउन सुरु गरेको बताउनु झयो ।
यसै क्रममा शुत्रबार वीरगंज महानगरपालिका वडा नं. २९ स्थित मुसैलीमा स्थानीयसंग भेटघाट गर्दै त्यहाँको समस्या सुन्नुका साथै स्थलगत रुपमा नै गाउँको अवलोकन गरि तत्काल स्थानीयको माग अनुसारको काम सुरु गर्न प्राविधिक टोलीलाई निर्देशन दिनु भयो ।
महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै उहाले त्यसका लागि बजेट छुट्याएर काम अघि बढाएको बताउनु भयो ।
स्थानीयले मुसैली चोकदेखि उत्तर पूर्व सडकमा नाला निर्माण गर्न, सडक निर्माण गर्न, मन्दिर तथा स्वास्थ्य संस्थाको सेवा चुस्त पार्न आग्रह गरेका छन ।
कार्यक्रममा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, वडा नं. २९ का वडा अध्यक्ष धर्मेन्द्र चौधरी सहित स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
Facebook Comments Box