सहारा दैनिक

spot_img
Homeदेशमधेशसर्लाही घटनाको विरोधमा वीरगंज बन्दः प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी विच झडप

सर्लाही घटनाको विरोधमा वीरगंज बन्दः प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी विच झडप

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असोज ।
सर्लाही जिल्ला मलंगवामा भएको घटनाको विरोधमा वीरगंज बजार बन्द सहित प्रदर्शन गरिएको छ ।
हिन्दु समाजले शनिवार मलंगवा घटनाका दोषी माथि कडा कारबाहीको माग गर्दै वीरगंज बजार बन्द सहित गरेका हुन् ।
वीरगंजका हिन्दु समाजका युवाहरुले शनिवार विरोध प्रदर्शन गर्दै बजार बन्द गराएका छन ।
बन्दका क्रममा युवाहरुले साइकल/मोटरसाइकल बाहेकका सवारीसाधन ठप्प पारेका थिए भने दिनभरी विरोध प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो ।


हिन्दु समाजका युवाहरुले टायर बालेर प्रदर्शन गर्ने क्रममा तनाव सृजना भए पछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्न खोज्दा विवाद भएको हो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीको लाठी चार्ज पश्चात केहि बेर तनावको स्थिती उत्पन्न भए पनि पछि समान्य भएको छ ।


यस अघि ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस नगर परिक्रममा गर्दै प्रदर्शनकारीहरुले वीरगंज बजारका पसलहरु समेत बन्द गराएका थिए ।
बिहीबार साँझ सर्लाही जिल्ला सदरमुकाम मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा मुस्लिम समुदायका केही उछृंखल व्यक्तिहरुले अवरोध गर्दा हिन्दु र मुस्लिम समुदाय बीच झडप भएको थियो । झडपका क्रममा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ ।


छुरा प्रहारबाट गम्भिर घाइते यादवको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -