सहारा दैनिक

spot_img
Homeदेशमधेशघांटी रेटिएको अवस्थामा महिलाको शव फेला

घांटी रेटिएको अवस्थामा महिलाको शव फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असोज ।
पर्सा जिल्ला जगरनाथपुर गाउपालिका स्थित मसिहानीमा घांटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जगरनाथपुर गाउपालिका वडा नं. ५ मसिहानी की अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा घांटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
मंगलवार बेलुकी ५ बजेको समयमा बिनको आफ्नै घरमा सव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाबाट बुझिन आएको छ ।
घरमा पुगेका छिमेकीले देखेर खबर गरे पछि घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका टोलीले अर्धनग्न घांटी रेटिएको अवस्थामा बिनको शव घरमा फेला परेको प्रहरीले जनाएको छ । मृतक बिनको टाउकोमा पनि चोटपटक लागेको प्रहरीले जनाएको छ ।
दुई जना छोरा र तिन छोरी रहेको बिनकी छोरीहरूको विवाह भइ आफ्नो घरमा बस्दै आएकी छिन भने एक छोरा कामको सिलसिलामा विदेशमा र अर्का छोरा हेटौंडामा बस्दै आएको स्थानीयले जनाएका छन् ।
घरमा एक्लै बस्दै आएकी बिन मृत अवस्थामा फेला परेकी हुन ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । त्यसै गरी मंगलवार बिहान अनुहारमा चोट पटक लागेको र रगत समेत बगेको अवस्थामा एक युवक मृत अवस्थामा वीरगंज महानगरपालिका वडा नं. ३ स्थित छपकैया ब्लड बैंकको दक्षिण तर्फको गल्लीमा फेला परेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -