सहारा दैनिक

spot_img
Homeदेशमधेशएकै दिन दुई जनाको सव फेला

एकै दिन दुई जनाको सव फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असोज ।
ठेला गाडा चलाउने मृत अवस्थामा फेला परेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ९ स्थित पान गल्लीमा ठेला मै मृत अवस्थामा फेला परेको हो ।
स्थानीयले खबर गरे पछि घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मृतक सर्लाही जिल्ला कौडेना गा.पा.वडा नं.३ पर्सा घर भई ठेला चलाउने ५० वर्षीय भुब्रो महतो नुनिया भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
मंगलवार सांझ ७ बजे फेला परेको मृतक ठेला चालकको सव परिक्षणको लागी नारायणी अस्पताल वीरगंजमा राखेर थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी मंगलवार बिहान वीरगंज महानगरपालिका वडा नं. ३ स्थित ब्लड बैंकको दक्षिन तर्फ गल्लीमा एक अज्ञात युवकको चोट पटक लागेको घाउ भएको र रगत बगेको अर्धनग्न अवस्थामा सव फेला परेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -